एचआइभी संक्रमित तथा प्रभावित बालबालिकालाई शैक्षिक सामग्री वितरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा एचआइभी संक्रमित तथा प्रभावित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा गोदावरी प्लस की अध्यक्ष पार्वती विकको सभापतित्वमा सञ्चालित कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथी रहेका थिए । कार्यक्रम मै गोदावरी नगरपालिका उप प्रमुख शारदा देवी रोकाया, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी खत्री, गोदावरी नगरपालिका नगर प्रवक्ता तथा वडा अध्यक्ष गोपालदत्त भट्ट लगायतको उपस्थिति रहेको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले एचआइभी संक्रमित एव् न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियान कै रुपमा यस्ता कार्यक्रम जारी रहने बताए । पालिकाले एचआइभी संक्रमित तथा प्रभावित बालबालिकाहरूलाई शैक्षिक सत्रको नयाँ सेसन लागू हुँदै गर्दा गरिविको रेखामुनि रहेकालाई थोरै रकमको शैक्षिक सामग्रीले केही राहत हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

शैक्षिक सामग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययन गर्न सजिलो भएको नगर उपप्रमुख शारदा देवी रोकायाले बताइन । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने उनले बताइन ।

गोदावरी नगरपालिकाको २ लाख ५० हजार आर्थिक सहयोगमा गोदावरी प्लसको सहयोगमा यस पालिका भित्र रहेका ६७ जनालाई शैक्षिक सामग्री वितरण गरेको छ । शैक्षिक सामग्री अन्तर्गत झोला, कापी, डटपेन, सिसा कलम, छाता लगायतको सामग्री वितरण गरिएको थियो ।

गोदावरी नगरपालिका भित्र ३ सय बढी एचआइभी संक्रमित रहेको गोदावरी प्लसको महेन्द्र रावलले बताए । शैक्षिक सामग्री वितरण वितरण कार्यक्रममा स्वागत मन्तव्य शारदा चिरालले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन हेमन्त राज ओझाले गरेका हुन् ।

Loading...