Satyawati
Division ban Pahalmanpur

धनगढी उपमहानगरले ९ महिनामा २३ करोड राजस्व सङ्कलन

Purbadhar dadeldhura

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले चालु आव २०८०/०८१ को साउन देखि चैत मसान्त सम्म सो राजस्व सङ्कलन गरेको हो ।

सम्पत्ति करबाट २ करोड ९१ लाख ५० हजार, भूमि कर ८२ लाख ८५ हजार, बहाल कर ५ करोड ३७ लाख ८८ हजार, बहाल विरौटी कर ११ लाख ८७ हजार, सवारीसाधन कर ४ लाख ३२ हजार र अन्य करबाट ४ लाख ७८ हजार राजस्व सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए । 

Malpot office dadeldhura

उनका अनुसार सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ६८ लाख ५ हजार, अन्य सेवा शुल्कबाट २४ लाख ७९ हजार, शिक्षा क्षेत्रको आम्दानी १३ लाख ४४ हजार, पार्किङ शुल्कबाट ५२ लाख ९७ हजार, नक्सा पास दस्तुरबाट २ करोड २७ लाख ७७ हजार, सिफारिस दस्तुरबाट १ करोड ३२ लाख २७ हजार राजस्व सङ्कलन भएको छ ।

त्यस्तै व्यक्तिगत घटना दर्ता दस्तुर १० लाख ७ हजार, नाता प्रमाणित दस्तुर ३ लाख ६१ हजार, अन्य दस्तुरबाट ७ लाख ५६ हजार, प्रशासनिक दण्ड जरिवानाबाट ४४ लाख ११ हजार, व्यवसायबाट ३ करोड १७ लाख २६ हजार, अन्य राजस्व ४ करोड ९९ लाख ५२ हजार, बेरुजु बापत ५ लाख ८६ हजार, सामुदायिक वनबाट प्राप्त आय ३२ हजार र विज्ञापन करबाट ५ हजार राजस्व सङ्कलन भएको उनले जानकारी दिए । 

करको दायरा बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको शाखा प्रमुख ओझाको भनाइ छ । उनले भने, “प्रत्येक वर्ष करको दायरा बढ्दै जान्छ, आगामी आवमा पनि करको दायरा बढ्छ, तर करको दर भने यथावत् रहन्छ ।” गत आव २०७९/०८० मा उपमहानगरपालिकाले कुल २७ करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ । रासस

Dadeldhura Aspatal & Ban
Loading...