कैलाली जनपुस्तकालयको ६४ औँ वार्षिकोत्सव तथा ४४ औँ साधारण सभा सम्पन्न

धनगढी- कैलाली जनपुस्तकालय धनगढीको ६४ औँ वार्षिकोत्सव तथा ४४ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । वार्षिकोत्सवको समुद्घाटन गर्दे सुदूरपश्चिम प्रदेश सरकारकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले भाषा, साहित्य, कला, संस्कृति र पठन संस्कृतिको विकासमा कैलाली जनपुस्तकालयको महत्वपूणर् योगदान रहेको बताइन् । पन्तले सुदूरपश्चिम साहित्य र संस्कृतिको उर्वर भूमि रहेको समेत बताएकी छन् ।

Ganyapdhura gau

Navadurga sun
Godawari sandesh

समारोहमा कैलाली जनपुस्तकालय धनगढीले प्रदान गर्ने विभिन्न राष्ट्रिय सम्मान तथा पुरस्कारबाट सम्मानित हुने प्रतिभाहरूलाई प्रदेश प्रमुख शर्मिला कुमारी पन्त, उप-सभामुख निर्मला बडाल जोशी र कैलाली जनपुस्तकालयका अध्यक्ष साहित्यकार डा.टी एन जोशीले दोसल्ला, टिका, अभिनन्दन पत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

Dadeldhura hospital

कार्यक्रममा यस वर्षको दीनानाथ राष्ट्रिय साहित्य प्रतिभा पुरस्कारबाट काठमाण्डौंका प्रा.डा नारायण चालिसे, कैलाली जनपुस्तकालय पुरस्कारबाट धनगढीका प्राज्ञ वासुदेव पाण्डेय, यज्ञराज यात्री राष्ट्रिय साहित्य साधना पुरस्कारबाट अछामका कवि हर्षप्रसाद भट्ट, हर्ष पार्वती राष्ट्रिय लोक संस्कृति पुरस्कारबाट डोटीका प्राध्यापक दिव्यश्वरी जोशी र सूर्यप्रसाद-विष्णुदेवी राष्ट्रिय साहित्य साधना पुरस्कारबाट धनगढीका कवि मिहीलाल उपाध्याय सम्मानित भएका छन् । पुरस्कारको राशि नगद एघार हजार र सम्मान पत्र रहेको छ ।

समारोहमा पुस्तकालयले एण्डी प्रकाश चटौतस्मृति राष्ट्रिय सम्मानबाट वरिष्ठ फिजिसियन डा.शेरबहादुर कमर, पहलमानसिंह स्वार स्मृति राष्ट्रिय सम्मानबाट महादेव जोशी, खड्गबहादुर सिंहस्मृति राष्ट्रिय सम्मानबाट शिक्षा सेवी मदनराज जोशी, द्वारिकादेवी ठकुरानी स्मृति राष्ट्रिय सम्मानबाट रीता शाही, जयपृथ्वी बहादुर सिंह राष्ट्रिय लोक संस्कृति सम्मानबाट लिलाधर बास्कोटा, भोजराज- हरिप्रिया स्मृति राष्ट्रिय सम्मानबाट उप प्राध्यापक जनकराज जोशी, देवकान्त पन्त राष्ट्रिय लोक साहित्य सम्मानबाट वरिष्ठ संस्कृतिकर्मी शारदा जोशी, दीनानाथ स्मृति राष्ट्रिय सम्मानबाट कृष्णबहादुर धामी, जनकबहादुर कर्माचार्य स्मृति राष्ट्रिय सम्मानबाट शिक्षा सेवी बिरबल चौधरी, कृष्णबहादुर श्रेष्ठ स्मृति राष्ट्रिय सम्मानबाट वरिष्ठ समाजसेवी ज्ञानुदेवी बोस, बद्रीनाथ भण्डारी स्मृति राष्ट्रिय सम्मानबाट सञ्चारकर्मी टेकराज अवस्थी, दशरथ चन्द स्मृति राष्ट्रिय सम्मानबाट टोपेन्द्र शाह ‘रसिक’, शिक्षा सेवी सम्मानबाट मदनमोहन शर्मा र समाजसेवा सम्मानबाट चक्र नेपाली सम्मानित भएका छन् ।

कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टी एन जोशीको अध्यक्षतामा सम्पन्न समारोहमा प्रदेश सभाकी उप-सभामुख निर्मला बडाल जोशीलाई विशिष्ट नारी प्रतिभा सम्मानबाट प्रदेश प्रमुख शर्मिला पन्त र पुस्तकालयका अध्यक्ष डा.जोशीले सम्मान गरेका थिए ।

कार्यक्रममा उप सभामुख बडाल, प्रा.डा नारायण चालिसे, साहित्यकार दिव्यश्वरी जोशी, राष्ट्रिय कलाकार पिके नारायण, शारदा जोशीलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पुस्तकालयका सचिव टङ्क जोशीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष गगनसिंह ऐरले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Loading...