बाजुराबाट हेलिकोप्टर मार्फत सुत्केरी र गर्भवतीको उद्धार

बाजुरा- बाजुराबाट सुत्केरी र गर्भवतीको उद्धार गरिएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएर उपचार गराइरहेकी बुढीनन्दा नगरपालिका–१ की २६ वर्षीया इश्वरी कार्की र स्वामीकार्तिक खापर गाउँपालिका–२ सुपानीकी ३० वर्षीया अनिता महतरालाई सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

दश दिनकी सुत्केरी कार्कीलाई उच्च ब्लड प्रेसरका कारण कोल्टीबाट रिफर गरिएको डाक्टर प्रतिक न्यौपानेले बताए । गर्भवती महतराको पहिलो सन्तान पाउँदा अप्रेसन गरेको र दोस्रो सन्तान समेत अप्रेसन गर्नुपर्ने हुँदा जटिल प्रकृतिको समस्या भएकाले रिफर गरिएको बताइएको छ ।

सुत्केरी र गर्भवतीको अवस्था जटिल भएका कारण कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट पत्र आएपछि महिला तथा बालबालिका मन्त्रालय अन्तरगत राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । दुबैलाई प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...