



धनगढी- कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–३ ज्ञानु प्लाजा, धनगढी उपमहानगरपालिका–७ सरस्वती मा.बि. नजिक, भजनी नगरपालिका–५ लालबोझी, भजनी नगरपालिका–८ काडाढीक, टीकापुर नगरपालिका–९ खक्रौला र कैलारी गाउँपालिका–५ बड्की पलियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएको हो ।


उक्त स्थानबाट ५ लाख ५ हजार ७ सय ४० मूल्य बराबरको प्याज, चिनी, सुर्ती, नरिवल, खानेतेल, जिरा, बिडी, तर्बुजा, सुटपिस, दोपट्टा, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी, वाल फ्यान, बोईलर कुखुरा, मोटरसाईकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।





