शुक्लाफाँटाको एक घरमा आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा २५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा ठगुन्नाको घरगोठ नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा ३ वटा बाख्रा मरेका तथा एउटा भैँसी जलेर मरणासन्न अवस्थामा छ । घर सँगै अन्न, लुगाकपडा, गहना, महत्वपूर्ण कागजपत्र र ५ लाख रुपैयाँ नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले बताए । 

Navadurga sun

स्थानीय बासिन्दा र प्रहरीले आगलागी नियन्त्रणका लागि भगीरथ प्रयास गरे पनि ठगुन्ना परिवारको घर गोठ जोगाउन भने सकेनन् । ‘ठगुन्ना परिवारको घर गोठमा आगलागी हुँदा निकै ठूलो क्षति भएको छ’, स्थानीय अरुण कुमार सिंहले भने, ‘शरीरमा लगाएको लुगा बाहेक पीडित परिवारसँग केही बचेन ।’ आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडा लगायत सामग्री प्रदान गरेको छ । 

ADD Khali jpg
ADD Khali jpg
Loading...