कैलालीमा ३ लाख ४० हजार पशु चौपायालाई खोप

कैलाली- कैलालीमा ३ लाख ४० हजार ८ सय पशु ७३ पशु चौपायालाई विभिन्न रोग विरुद्धको खोप लगाइएको छ । जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाका १३ वटै स्थानीय तहका गाई, गोरु, भैँसी, राँगा, बाख्रा लगायत पशुचौपायालाई विभिन्न रोग विरुद्धको खोप लगाएको हो ।

गत मङ्सिरबाट सुरु गरिएको खोप अभियानमा हाल सम्म ६४ हजार ७ सय ८० गाईगोरु र ४७ हजार ९ सय २० भैँसीराँगालाई खोरेत विरुद्ध खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका सूचना अधिकारी कविराज कठायतले जानकारी दिए । 

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनका अनुसार १ लाख ८४ हजार भेडा बाख्रालाई पिपीआर, २१ हजार १ सय बङ्गुरलाई क्लासिकल स्वाइन फिवर र २३ हजार गाईगोरुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । सोही अभियानका क्रममा धनगढी उपमहानगर, टीकापुर र भजनी नगरपालिकामा १५ हजार पशुलाई रानी खेत खोप पनि लगाइएको उनले जानकारी दिए ।

चालु आव २०८०/०८१ मा २ लाख ५० हजार खोरेत विरुद्धको खोप, २ लाख पिपीआर, २४ हजार क्लासिकल स्वाइन फिवर र १ लाख पशुलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीले जानकारी दिए।

लम्पी स्किन विरुद्धको खोप भने अभाव रहेको उनले बताए। खोप लगाउन जिल्लाभरि ६५ जना पशु प्राविधिक खटिनु भएको छ, हामी निरन्तर अभियानमा छौँ, उनले भने, यही वैशाख मसान्तभित्रै खोप लगाइसक्ने लक्ष्य छ । अघिल्ला वर्षहरु भन्दा यस वर्ष खोप अभियानमा किसानको सहभागिता राम्रो रहेको उनको भनाइ छ । रासस

Loading...