Division ban Pahalmanpur

धनगढीमा बाजुरेली समाजको कार्यालय उद्घाटन

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- धनगढीमा बाजुरेली समाजको कार्यालय उद्घाटन गरिएको छ । समाज स्थापना भएको लामो समय भए पनि कार्यालय नहुँदा काम गर्न असहज भएको थियो । बुधबार कार्यालयको समाजसेवी चक्रबहादुर थापाले एक कार्यक्रमका बीच उद्घाटन गरे। धनगढीको शिवनगरमा रहेको कार्यालयका लागि समाज सेवी थापाले जग्गा दान गरेका हुन् ।

कार्यक्रममा जग्गादान दाता थापाले बाजुरेली समाजको आफ्नै भवन निर्माण भएकोमा प्रशंसा व्यक्त गरे । समाज बनाउनमा सबैको योगदान रहेको उनले उल्लेख गरे । यसले गर्दा बाजुराको संस्कृति जोगाउने काम मात्र नभएर भोलिका दिनहरूमा केही परिवर्तन काम हुने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा बाजुरेली समाजका अध्यक्ष बजिरसिंह धामीले समाजका लागि पाइलो टेक्ने भवन बनाई रहँदा सबैका लागि गौरवको विषय भएको बताए ।

Malpot office jogbudha

‘सामाजिक एकता, संस्कृति संरक्षण र पहिचान प्रबद्र्वनमा हाम्रो अभियान’ भन्ने भन्ने मूल उद्देश्यले बाजुरेली समाजको कार्यालय भवनको समुद्घाटन गरिएको हो । कार्यक्रममा २०८१ सालको शुभकामना आदान प्रदान एवम् भित्तेपात्रो विमोचन समेत गरिएको छ । कार्यक्रममा बाजुराका बुढीगंगा नगरपालिका पूर्व मेयर दिपक शाहले छोटो समयमा धेरै उपलब्धि मूलक काम भएकोमा प्रशंसा गरे ।

भवन निर्माणमा दुई लाख २८ हजार १ सय ९४ रुपैयाँ खर्च भएको जनाएको छ । समाजले विभिन्न व्यक्तिहरूबाट चन्दा संकलन र देउसी, भुवा पर्व खेलेर उक्त रकम उठाएको हो । समाजका अध्यक्ष बजिर सिंह धामीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा समाजसेवी धर्मबहादुर सिंह समाजका पर्व अध्यक्ष कुलबहादुर हमाल, प्रमुख सल्लाहकार हिक्मत बहादुर शाह लगायतको उपस्थिति रहेको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...