डडेल्धुरामा श्रीमानबाट कुटिएकी डम्बरी देवीको मृत्यु

Dadeldhura hospital

डडेल्धुरा- डडेल्धुरामा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । ३८ वर्षीया डम्बरी देवी देउवाको बन्चरो प्रहार गरि हत्या गरेको अभियोगमा आलिताल गाउँपालिका–२ मटेलाका ४२ वर्षीय कर्ण बहादुर देउवालाई प्रहरीले पक्राउ गरेको छ । कर्ण बहादुरले मंगलबार साँझ घरायसी विवादका कारण कुटपिट गर्दा डम्बरी गम्भीर घाइते भएकी थिइन् ।

त्यस पछि प्रहरी चौकी गाङ्खेत बाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते डम्बरीको स्वास्थ्य चौकी गाङ्खेत हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...