गोदावरी १२ मा पंन्चे बाजाका कलाकारलाई झकुला र साउनाई वितरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१२ ले झकुलासाउनाई वितरण गरेको छ । वडा कार्यालयले दलित लक्षित समुदायका पंन्चे बाजाका कलाकारहरूलाई झकुलासाउनाई वितरण गरेको हो । सोमबार उक्त सामग्री वडाको सहयोगमा अपाङ्ग उत्थान समाज कैलाली मार्फत वितरण गरिएको थियो ।

Dadeldhura hospital

अपाङ्ग उत्थान समाज कैलालीका अध्यक्ष जय धामीको सभापतित्वमा भएको झकुलासाउनाई वितरण कार्यक्रममा वडा अध्यक्ष भीम खड्का प्रमुख अतिथि रहेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रममा वडाका ८ जनालाई झकुला र ४ जनालाई साउनाई वितरण गरिएको थियो । वडा अध्यक्ष खड्काले दलित समुदायको उत्थान र दलित समुदायका परम्परागत सीप जोगाउन वडा कार्यालय लागि परेको बताए ।

उनले लोप हुन लागेको बाजा र पहिरनको संरक्षण गर्नको लागि वडाले छुट्टाएको १ लाख बाट झकुलासाउनाई वितरण गरिएको बताए । उनले विगत देखि नै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिँदै आएकोमा आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।

Loading...