Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा दुई घरमा आगलागी

Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा दुई घरमा आगलागी भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–५ का बाहाली रानाको चार कोठे पक्की घरमा फ्रिजको स्टिपलाइजरमा शुक्रवार दिउँसो विद्युत सट भइ आगलागी भएको हो ।

Malpot office dadeldhura

आगलागीबाट कोठामा राखिएका फ्रिज, काठको दराज, पलङ, टेबुल फ्यान, सिलिङ फ्यान, लत्ताकपडा लगायतका सामान गरि अन्दाजी दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको हो। यसैगरी, शुक्लाफाँटा नगरपालिका–७ का नरेस ठगुन्नाको एकतले काठले बनेको कच्ची बाख्राको गोठमा शुक्रवार अचानक आगलागी भएको हो ।

आगलागीबाट गोठभित्र रहेका २ वटा बाख्रा जलरे मरेका छन् भने एउटा बाख्रा जलेर घाईते भएको हो । उक्त आगलागीबाट गोठ र गोठ भित्र रहेका काठ लगायतका सामानहरू गरि अन्दाजी १ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिनुका साथै थप अनुसन्धान भइरहेको छ ।

Dadeldhura Aspatal & Ban
Loading...