थ्रिडिभिएल क्रियसनका युवाहरुद्धारा लामिताल परिसरमा सरसफाई





अत्तरीया – कैलालीको गोदावरी नगरपालिका वाड नं.२ अत्तरीयामा रहेको लामिताल परिसरमा सरसफाई गरिएको छ ।
शनिबार थ्रिडिभिएल क्रियसनमा आवद्ध युवाहरुले सरसफाई गरेका हुन । क्रियसनका अध्यक्ष दिपक ओझाले दुर्गन्धित बन्दैे गैरहेकाले ताल परिसरमा सरसफाई गरेको बताएका छन् ।






उनले थ्रिडिभिएल क्रियसनले ताल परिसरमा गरेको सांस्कृतिक कार्यक्रमका कारण पनि केहि फोहर थपिएकाले आफुहरु अग्रसर भएर सरसफाई गरेको बताएका छन ।



