कैलालीबाट सवारी ज्यान मुद्दाका दुई फरार दोषी पक्राउ

udhok dadeldhura

धनगढी- कैलालीबाट सवारी ज्यान मुद्दाका दुई फरार दोषी पक्राउ परेका छन् । सवारी ज्यान मुद्दामा ५ महिना ४ दिन कैद सजाय र ४ हजार जरिवाना ठहर भएका गौरीगंगा नगरपालिका–६ बस्ने २४ वर्षीय टेक बहादुर खड्का र १ महिना ९ दिन कैद सजाय ठहर भएका गोदावरी नगरपालिका–८ बस्ने २६ वर्षीय सरोज चौधरी पक्राउ परेका हुन् ।

जिल्ला अदालत कैलालीको फरक-फरक मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भएपछि दुबै जना फरार रहेका थिए । फरार दुबै जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्र सिंह बोहराले बताए ।  

Loading...