Satyawati
Division ban Pahalmanpur

धनगढीबाट अवैध सामान सहित एक महिला पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलालीको धनगढी र जानकीबाट प्रहरीले अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ । धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र भन्सार चोकबाट, धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली, गोदावरी नगरपालिका–३ चौकीडाँडा र कैलारी गाउँपालिका–३ हुलाकी रोडबाट अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो । २ लाख ४९ हजार २ सय ८५ मूल्यको प्याज, सुर्ती, पान मसला, नरिवल, जिरा, धनियाँ, बिडी, सरफ, चाट मसला, पास्ता, अचार मसला लगायतका सामान शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

Malpot office dadeldhura

त्यस्तै धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट पनि १ लाख २५ हजार २ सय ६० मूल्यको ३५० किलोग्राम प्याज र एक थान अटो सहित गोदावरी नगरपालिका–३ की ४० वर्षीया जयन्ती ऐरलाई शनिबार अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै जानकी गाउँपालिका–४ मनुवाबाट पनि ४ लाख ९२ हजार मूल्यको २४० किलोग्राम धानको बिउ सहित बिउ बोकेको एक थान अटो शनिबार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...