Satyawati
Division ban Pahalmanpur

कैलालीको अत्तरियाबाट पाँच जना जुवाडे पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलालीको अत्तरियामा रहेको रेड्सन प्लाजाबाट सञ्चालक सहित ५ जना जुवाडे पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१ मा रहेको रेड्सन प्लाजाबाट होटल सञ्चालक ४२ वर्षीय करन बहादुर चन्द सहित ५ जना पक्राउ परेका हुन् । रेडसन प्लाजाको दोस्रो तलाको कोठा भित्र जुवातास खेलि रहेको अवस्थामा शनिबार प्रहरीले सञ्चालक सहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।

Malpot office dadeldhura

चार जना जुवाडेको नाम भने प्रहरीले खुलाएको छैन् । इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले १ लाख ५५ हजार २ सय नगद, पाँच गड्डी तास, तीन पाना एनएमबी बैंकको खाली चेक सहित ५ जनालाई पक्राउ गरिएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

उता कञ्चनपुरबाट पनि प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्लाको बेलौरी नगरपालिका–६ हात्तीबोझाका ४६ वर्षीय मण्डी बडायकले सञ्चालन गरेको नास्ता पसलबाट उनी सहित ८ जना पक्राउ परेका हुन् । कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा सञ्चालक सहित ८ जना जुवाडेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले सो नास्ता पसलबाट ११ हजार ५१० रुपैयाँ नगद र ६ गड्डी तास सहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...