Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४४ पुग्यो

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४४ पुगेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई वर्षअघि गरिएको राष्ट्रिय गणनाको तुलनामा गत वर्ष गरिएको गणनामा बाघको संख्या बढेको निकुञ्ज कार्यालयले जनाएको हो । वन्यजन्तु सप्ताहको अवसर पारेर शुक्रबार गणनाको नतिजा सार्वजनिक गरिएको हो ।

Malpot office dadeldhura

निकुञ्ज कार्यालयले फागुन ५ देखि २२ गतेसम्म क्यामेरा ट्रयापिंङ बिधिबाट गरिएको गणना अनुसार २४ भाले र १७ पोथी तथा विश्लेषणका आधार थप ३ गरेर बाघको संख्या ४४ पुगेको जनाएको छ । दुई वर्षअघि गरिएको राष्ट्रिय गणनामा यहाँ बाघको संख्या ३६ थियो। ३ सय ५ वर्गकिलोमिटर क्षेत्रमा रहेको निकुञ्जलाई २/२ किलोमिटरका ९२ ग्रिड बनाएर हरेक ग्रिडमा एकजोडी स्वचालित क्यामेरा राखिएको थियो । १५ दिनसम्म राखिएका क्यामेरामा संकलन भएको तस्बिरहरू विश्लेषण गरेर बाघको गणना गरिएको हो ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले ‘संख्या कम भएको र चोरी शिकार हुन सक्ने जोखिम भएको क्षेत्रमा नियमित रुपमा अनुगमन गर्नुपर्ने बताए । राष्ट्रिय गणना संगै नियमित रुपमा पनि गणना र अनुगमन गर्दै आएको बताए । यस पटकको गणनामा निकुञ्जको सबै क्षेत्रमा बाघको विचरण देखिएको छ । दुई वर्षअघिको राष्ट्रिय गणनामा निकुञ्जको विस्तारित क्षेत्रमा बाघको विचरण देखिएको थिएन । तर यस पटक विस्तारित क्षेत्रमा पनि बाघको विचरण देखिएको छ ।
तत्कालीन वन्यजन्तु आरक्षको १ सय ५५ वर्ग किलोमिटर क्षेत्र बिस्तार गरिएको हो । वन्यजन्तु आरक्षलाई २०७१ म निकुञ्जमा स्तरोन्नति गरिएको हो। ‘यस पटकको गणनामा बाघको संख्या मात्रै होइन उसले गर्ने विचरण वा शरीरमा भएका चिन्हका आधारमा नामाकरण पनि गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले बताए । कुन बाघ कता जान्छ, कति विचरण गर्छ, शरीरमा कस्तो चिन्हृ छ, सबै पहिचान गरिएको उनले बताए । आगामी दिनमा पनि बाघको अनुगमन वा गणना गर्दा होस् वा कुनै घटना हुदा नामले सजिलो हुने उनको भनाई छ ।
बाघको संख्या बुद्धिसँगै वासस्थान र आहारा प्रजातिको व्यवस्थापनमा पनि त्यतिकै ध्यान दिनुपर्ने वरिष्ठ संरक्षण अधिकृत भट्टराईले बताए । उनले आहारा प्रजाति र वासस्थान राम्रो भएकै कारण निरन्तर संख्या वृद्धि भइरहेको बताए । निकुञ्जभित्र रहेका बाघहरू अहिले चुरेदेखि नेपाल–सीमा सम्मै विचरण गरिरहेको बताए । यस्तै निकुञ्जमा गत वर्ष गरिएको गणनामा २० वटा गैंडा भेटिएकोमा हाल गैंडा संख्या पनि २३ पुगेको छ । ६ भाले १० पोथी तथा ७ पहिचान नभएका गरि गैँडाको संख्या २३ पुगेको निकुञ्ज कार्यालयले जनाएको छ ।

शुक्लाफाँटामा १०९५ मा रानीताल क्षेत्रका एक रैथाने गैंडा देखिएपछि यहाँ सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसपछि २००० मा चितवनबाट ४ गैंडा स्थानान्तरण गरियो । त्यसपछि फेरी २०१७ मा चितवनबाटै थप ५ गैंडा स्थानान्तरण गरिएकोमा हाल त्यही संख्या बढेर २३ पुगेको बताइएको छ । बाघको जस्तै गैँडाको पनि वासस्थान र शरीरमा भएको चिन्हको आधारमा नामाकरण गरिएको छ । यसका आधारमा आगामी दिनमा गणनादेखि अन्य अनुसन्धानमा सहज हुने जोशी बताए । नदी नाला र तालदेखि चरन क्षेत्र राम्रो भएका कारण गैँडाको बासस्थान उपयुक्त मानिएकाले पनि सो संख्या बढिरेहको पाइएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...