कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी- सुदूरपश्चिमको दुई जिल्ला कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ । कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–१ बसन्तटोल, धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहबाट र धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडी चोकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ५९ हजार ९ सय मूल्यको सामान बरामद गरेको हो ।

Dadeldhura hospital

उक्त मूल्य बराबरको प्याज, चिनी, प्लाष्टिक झिल्ली, जिरा, लेडिज सुट लगायतका सामान शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–४ ‘घ’ गाँउबाट ३२ हजार मूल्यको प्याज, चिनी, सुर्ती, मिठाई, सुपारी, प्लाष्टिक डोरी, लगायतका सामान शुक्रवार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती बाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

Loading...