सुदूरपश्चिम टिम राष्ट्रपति रनिङ शिल्डमा च्याम्पियन

धनगढी- सुदूरपश्चिम प्रदेशले १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डमा पहिलोपटक टिम च्याम्पियन बनेको छ। सुदूरपश्चिमले १९ स्वर्ण, १२ रजत र १८ कांस्य जित्यो। बागमती १७ स्वर्ण, १३ रजत र १५ कांस्यसाथ दोस्रो भयो। तेस्रो स्थानको कर्णालीले १० स्वर्ण, ५ रजत र १६ कांस्य हात पा¥यो। ८ स्वर्ण, ९ रजत र ९ कांस्य जितेको कोशी चौथो भयो।

अघिल्ला तीन संस्करणमा लगातार उपाधि जितेको लुम्बिनी ६ स्वर्ण, ११ रजत र १८ कांस्यसाथ पाँचौँ स्थानमा रह्यो। सात प्रदेश टिमको सहभागिता रहेको प्रतियोगितामा ३ स्वर्ण, १० रजत र १३ कांस्यसाथ गण्डकी छैटौँ तथा ३ स्वर्ण, ६ रजत र ९ कांस्यसाथ मधेश सातौँ भए। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधानमा भएको प्रतियोगितामा सातै प्रदेशबाट ६८६ खेलाडी सहभागी थिए। एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुगरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो।

Navadurga sun

जम्मा ६६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। एथलेटिक्सको छात्र÷छात्रामा समान १३/१३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्ररछात्रामा समान ६/६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र/छात्रमा समान १/१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...