Satyawati
Division ban Pahalmanpur

कक्षा ८ को परीक्षामा धनगढीका २ विद्यालय निल

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाको पालिका स्तरीय कक्षा ८ को परीक्षामा २ संस्थागत विद्यालयको नतिजा निल आएको छ । पालिका स्तरीय परीक्षामा सहभागी भएका ६४ संस्थागत विद्यालय मध्ये २ विद्यालयको नतिजा निल आएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

Malpot office dadeldhura

नतिजा निल आउनेमा धनगढी ३ मा रहेको ब्रोडभिजन इङ्लिस बोर्डिङ स्कुल र वडा नम्बर २ मा रहेको दुन एकेडेमी रहको धनगढी उपमहानगरपालिको शिक्षा शाखाले जनाएको छ। यस्तै धनगढीका ४२ वटा सामुदायिक विद्यालयका ३ हजार ५२४ विद्यार्थी कक्षा ८ को वार्षिक परीक्षामा सम्मिलित भएका मध्ये १ हजार ९० जना विद्यार्थी आधारभूत तहको पहिलो चरणको परीक्षामा सफल भएका छन् ।

गत वर्ष ९ दशमलव ४७ प्रतिशत विद्यार्थी मात्रै पहिलो चरणमा सफल भएकोमा यो वर्ष ३१ प्रतिशत विद्यार्थी परीक्षामा सफल भएका छन् । सामुदायिक र संस्थागत विद्यालयबाट आधारभूत तहको परीक्षामा सम्मीलित भएका ५ हजार ९ सय ३६ विद्यार्थी मध्ये ३ हजार ६१ जना विद्यार्थी पहिलो चरणमै पास भएका छन् । जुन कुल परीक्षामा सम्मीलित सङ्ख्याको ५२ प्रतिशत हो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...