कैलालीमा पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

अत्तरिया– कैलालीमा पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ गेटामा अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको सुदूरपश्चिम ०१–००१ च २९८७ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाँउ बस्ने ६५ वर्षीय कृत बहादुर बमको बुधवार साँझ मृत्यु भएको हो ।

Dadeldhura hospital

ठक्करबाट गम्भिर घाईते भएका बमको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्र सिंह बोहराले बताए।

Navadurga sun
Godawari sandesh

पिकअप भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । चालकको खोजतलास गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बोहराले जानकारी दिए ।

Loading...