कैलालीमा पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

अत्तरिया– कैलालीमा पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ गेटामा अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको सुदूरपश्चिम ०१–००१ च २९८७ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाँउ बस्ने ६५ वर्षीय कृत बहादुर बमको बुधवार साँझ मृत्यु भएको हो ।

ठक्करबाट गम्भिर घाईते भएका बमको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्र सिंह बोहराले बताए।

पिकअप भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । चालकको खोजतलास गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बोहराले जानकारी दिए ।

Loading...