मोटरसाइकलको ठक्करबाट घाइते भएका चौधरीको मृत्यु

gyan kendra dadel

धनगढी- मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना पुरुषको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका गोदावरी नगरपालिका–५ का ४५ वर्षीय कैलाश चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ ।

Khanepani dadeldhura
udhok dadeldhura

शनिवार ठक्करबाट गम्भीर घाइते भएका उनको आज मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। पैदल हिँडी रहेका चौधरीलाई धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँमा से ५ प ३७६३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

ajaymeru gaupalika

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

Loading...