
कञ्चनपुर- कञ्चनपुरमा गहुँ चुट्ने थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–९ की ४२ वर्षीया कौशा देवी जोशीको थ्रेसरमा च्यापिएर मृत्यु भएको हो ।


जोशीको गहुँ चुट्ने बेला आइतबार थ्रेसरमा च्यापिएर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

