
कञ्चनपुर- कञ्चनपुरको बेदकोट स्थित एक गोठमा आगलागी भएको छ । बेदकोट नगरपालिका–५ पोलखरी बस्ने जयराज पन्तको गाई गोठमा मंगलवार साँझ आगलागी भएको हो ।


आगलागी हुँदा गाईगोठ र गोठ भित्र रहेका सामानहरू समेत गरि अन्दाजी २ लाख पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए ।

जोशीका अनुसार आगलागीबाट गोठमा रहेका एकवटा गाई जलेर घाईते भएको छ भने एउटा बाच्छीको जलेर मरेको हो। उक्त आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।