Satyawati
Division ban Pahalmanpur

बझाङमा एसइई परीक्षा दिएर फर्किनेक्रममा विद्यार्थी बिच झडप

Purbadhar dadeldhura

बझाङ- बझाङमा एसइई परीक्षा दिन गएका विद्यार्थीहरू बिच झडप भएको छ । एसइईको अन्तिम दिन शुक्रवार परीक्षा दिएर बाहिर निस्किएपछि तीन वटा परीक्षा केन्द्रका विद्यार्थीहरू बिच झडप भएको प्रहरीले जनाएको छ।

Malpot office dadeldhura

झडप हुँदा ४ जना घाइते भएका छन् । बझाङको खप्तड छान्नाको खप्तड मावि कालुखेती, मष्टाको कुल मष्टजन मावि भातेखोला र दुर्गाथलीको चौधारी मावि केन्द्रबाट परीक्षा दिएर फर्केका केही विद्यार्थीहरू बिच झडप सहित खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

खप्तडछान्ना गाउँपालिका-५ कालुखेती स्थित खप्तड माविमा परीक्षा दिने पाटादेवलका १७ वर्षीय खप्पिस थापा कुटिएको प्रहरीले जनाएको छ । थापा माथि धारिलो हतियारले प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए । आक्रमण गर्ने मध्ये एक जना पक्राउ परिसकेको र अन्यको पनि खोजी भइरहेको उनले बताए ।

यस्तै दुर्गाथली गाउँपालिका-१ मौरीबगड स्थित चौधारी मावि जुँजी परीक्षा केन्द्रमा पनि परीक्षार्थीबीच झडप भएको छ। कुटपिटमा परी छविसपाथिभेरा गाउँपालिका-१ का १८ वर्षीय अभिषेक भण्डारी र खप्तडछान्ना गाउँपालिका-२ का १८ वर्षीय विमल बोगटी घाइते भएका छन । भण्डारी र बोगटीलाई कुटपिट गर्नेहरूलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ। यस्तै मष्टा गाउँपालिका-६ भातेखोलास्थीत कुलमष्टजन माविको परीक्षा केन्द्रमा पनि एक परीक्षार्थी कुटिएका छन । परीक्षा दिएर बाहिर निस्किने क्रममा १७ वर्षीय मुन्न बोहरा माथि कुटपिट भएको प्रहरीले जनाएको छ । कुटपिटको कारण नखुलेको र, यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिएका छन् ।

Dadeldhura Aspatal & Ban
Loading...