कैलालीमा पेस्तोल सहित २ जना पक्राउ

धनगढी- कैलालीमा पेस्तोल सहित २ जना पक्राउ परेका छन् । शुक्रवार मोहन्याल गाउँपालिका–६ सोल्टा बजार बस्ने धना देवी शाहीको घरबाट पेस्तोल सहित २ जना लाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदम बहादुर बिष्टका अनुसार पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका– ७ कुईने बस्ने १८ वर्षीय विकास नेपाली र सुर्खेत पञ्चपुरी नगरपालिका–११ बस्ने १८ वर्षीय उपेन्द्र शाही रहेका छन् ।
उनीहरू आफ्नी फुपू नाता पर्ने शाहीको घरमा पाहुना बसेका थिए । सोही समयमा उनीहरूले हतियार लुकाई छिपाई राखेको प्रहरीलाई सूचना प्राप्त भएको थियो । त्यस पछि स्थानीय प्रहरीको टोलीले घर खान तलासी गर्दा १ (एक) थान रिबल्बर (पेस्तोल) जस्तो देखिने हतियार बरामद गरेको थियो । अहिले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Loading...