



बाजुरा- बाजुरामा भिरबाट लडेर बुधवार एक महिलाको मृत्यु भएको छ । हिमाली गाउँपालिका–५ रिठ्ठाकी ३६ वर्षीया अप्सरा बुढथापाको आज (बुधबार) बिहान भिरबाट लडेर मृत्यु भएको हो । घाँस खाट्न गएकी अप्सरा बालभिटा भिरमा मृत अवस्थामा फेला पारेको उनका आफन्त लंक कार्कीले बताए ।


उनको शव पोष्ट मार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी सुदीत सिँ गिरीले बताए ।





