बझाङ उपनिर्वाचनका लागि तोकिए मुख्य निर्वाचन अधिकृत

RBB Bank Suvakamana
Purbadhar dadeldhura

काठमाडौं- निर्वाचन आयोगले आगामी बैशाख १५ गतेका लागि तय भएको प्रदेश सभा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । आयोगले बझाङ प्रदेश सभा १ मा उपनिर्वाचनका लागि चैत २२ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत तोकेको हो ।

Malpot office dadeldhura

आयोगले जिल्ला अदालत बझाङमा कार्यरत जिल्ला न्यायाधीश सुदर्शन लामिछानेलाई बझाङको मुख्य निर्वाचन अधिकृत तोकेको हो । यही चैत २२ गते जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना सँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

उपनिर्वाचन कार्य तालिका अनुसार चैत २४ गते उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन अन्तरगत प्रदेश सभा निर्वाचनमा भाग लिन १९ दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा पुर्याइने आयोगले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...