गोदावरी १२ को चौकी डाँडा फल्टुडे सडक खण्डको बाटो मर्मत तथा सरसफाइ

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १२ को चौकीडाँडा फल्टुडे सडक खण्ड अन्तरगत हलौडे देखि सेटपाटे मन्दिर क्षेत्रमा पर्ने सडकको मर्मत तथा सरसफाइ कार्य सुरु भएको छ । वर्षाको समयमा खोला नाला सँगै खहरे खोलाको पानीले वर्षाको भलबाट सडक खण्डमा पुर्याएको क्षतिलाई मर्मत तथा सरसफाइका लागि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको निर्देशन पश्चात यस क्षेत्रको सडक मर्मत कार्य सुरु गरिएको हो ।

सडक मर्मत अन्तरगत वड्डी मछेली त्रिबेणी धाम, सिद्दा बाबा सेलपाटे मन्दिरको क्षेत्रमा मर्मत तथा सरसफाइ कार्य सुरु भएको छ । यस सेलपाटे मन्दिरा मन्दिर दर्शन सँगै भाकल गरे गरेको खण्डमा मनोकामना पुरा हुने धार्मिक विश्वास रहेको छ ।

Navadurga sun

स्थानीय दिपक कुमार खत्रीको विशेष पहलबाट यस सुगम पालिकाको दुर्गम क्षेत्रको विकासका लागि सदैव लागि रहेको देखिन्छ । उहाँ खानेपानी, शिक्षा र सडकका लागि गाउँ बस्तीको बिकासमा अहोरात्र खटिएका छन । यस क्षेत्रको विकासका लागि नगर प्रमुख बिरेन्द्र भट्टले गरेको प्रयास र प्राथमिकता दिएकोले धन्यवाद ज्ञापन समेत गरेका छन ।

यो राजमार्ग सुदूरपश्चिम प्रदेशको ७ जिल्ला जोड्नको लागि वैकल्पिक राजमार्गको रुपमा अगाडि बढेको छ र सुदूरका पहाड तराई जोड्नका लागि छोटो र विकासका लागि आवश्यक पनि देखिन्छ । प्रत्येक वर्ष बाढी पहिराले सडकमा क्षति पुर्याउने भएकाले सडक मर्मत र सरसफाइ लाई यहाँका स्थानीय तहले सधैँ प्राथमिकतामा राख्ने गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...