बझाङ- वैशाख १५ गते हुने उपचुनावका लागि माओवादीले बझाङबाट जनक बुढाको एकल नाम सिफारिस गरेको छ । जिल्ला पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ मा बुढाको नाम सिफारिस गरेको हो । उनी प्रदेश कमिटी सचिव समेत हुन् ।
उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ । माओवादी केन्द्रका प्रदेश कमिटि सचिव रहेका बुढा २०५६ सालमा अखिल क्रान्तिकारी हुँदै पार्टी राजनीतिमा आएका थिए । २०७० सालको दोस्रो संविधानसभा सदस्य रहेका बुढाले बझाङ जिल्ला अध्यक्ष र इन्चार्जको भूमिका निर्वाह गरिसकेका छन् । बझाङमा नेकपा एमालेले दमन बहादुर भण्डारीलाई उम्मेदवार बनाउने निणर्य गरिसकेको छ ।
नेकपा एसले दील बहादुर सिंहलाई उम्मेदवार बनाउने निणर्य गरेको छ । भने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश समितिले १० जनाको नाम सिफारिस गरेपनि केन्द्रीय समितिले निणर्य गर्न बाँकी छ ।