धनगढीको मनेहरा स्थित एक गोठमा आगलागी

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- धनगढीको मनेहरा स्थित एक गोठमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका-७ मनेहराको जे.पि. चोक बस्ने बाटु कामीको गोठमा मच्छर मार्नको लागि बालेको आगोबाट बुधवार राति आगलागी भएको हो । आगलागी हुँदा गोठ भित्र रहेका २ वटा बाख्राका पाठा जलेको प्रहरीले जनाएको छ ।

बाटु कामीको पिठ्यू, हात र खुट्टामा जलेर सामान्य घाईते हुँदा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार पश्चात डिस्चार्ज भएकी छिन् । गोठ पूर्ण रुपमा जली नष्ट भएको र उक्त आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

add haru
Dadeldhura Aspatal & Ban
Loading...