महाकाली पुल पाँच महिना पछि निर्माण सुरु

कञ्चनपुर- कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पुल निर्माण योजनाको काम प्रभावित भएको पाँच महिना पछि पुनः सञ्चालन भएको छ । पुल योजनामा काम गरेबापतको करोडौँ रकम भुक्तानी नपाएपछि गत असोजको तेस्रो साता निर्माण कम्पनीले पुल निर्माणको काम रोकेको थियो। केही दिन अघि गत वर्ष काम गरेको रकम सरकारले उपलब्ध गराएपछि निर्माण कम्पनीले निर्माणको बाँकी काम ६ महिनाभित्र सक्ने गरी सञ्चालन गरेको जनाएको हो ।

विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुल सँगै ८ दशमलव ६ किलोमिटर छ लेनको निर्माणको कामको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ। निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरे बापतका साढे आठ करोड रकम हालै कम्पनीलाई उपलब्ध भएको बताए ।

Godawari sandesh
Navadurga sun
Dadeldhura hospital

उनले पुलसँगै निर्माण हुन गइरहेको पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागका पुर्याउने प्रक्रियामा रहेको जानकारी दिए । ‘भेरिएसनका कारण अझै रु १५ करोड बक्यौता छ ।’ उनले भने, ‘गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौँ ।’

उनले ८ दशमलव ६ किलोमिटर छ लेनको पहुँच मार्ग मध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्रे गर्न बाँकी रहेको बताए। ‘रकम अभाव लगायतको कारण नभए छ महिना भित्र पुलको सबै काम सकिन्छ”, इन्जिनियर पाण्डेयले भने, ‘कोरोना कहर, रकम अभाव र भेरियसन, डिजाइन स्वीकृति लगायतका कारणले पुल निर्माणमा ढिलाइ भयो ।’

तीन अर्ब ६६ करोड लागतमा बनिरहेको पुलसँगै सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा विकास गर्न खोजिएको छ। पुलसँगै महाकाली नदीपारिको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम पनि प्रक्रियामा छ ।

पुलको दुवैतर्फ बाँध बाधेर पर्यटकीयस्थल हुने गरी पोखरी निर्माण गरिएको छ । पसलको उत्तरतर्फ एक वर्गकिलोमिटर भन्दा ठूला दुई वटा पोखरी र दक्षिणतर्फ ० दशमलव ३ वर्गकिलोमिटरका दुई वटा पोखरी निर्माण भएका छन् । गएको बर्सातपछि पोखरीको डिजाइनीमै समस्या आएपछि यहाँ ‘भेरिएसन’ को काम धकेलिएको छ । रासस

Loading...