धनगढी- डडेल्धुरा र कञ्चनपुर घर भएका प्रहरी हवल्दार र प्रहरी सहायक निरीक्षकलाई ७ दिन भित्र सम्पर्कमा आउन सूचना जारी गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले बिना सूचना कार्यालयमा अनुपस्थित रहेका डडेल्धुराको अजयमेरु गाउँपालिका–३ घर भएका प्रहरी हवल्दार डम्बर बहादुर चन्द र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ घर भएका प्रहरी सहायक निरीक्षक कमल रानालाई ७ दिन भित्र सम्पर्कमा आउन सूचना जारी गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मिति देखि सम्बन्धित कार्यलयमा अनुपस्थित भएका सईदेखि प्रहरी कार्यालय सहयोगी सम्मका २३ कर्मचारीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो ।