कैलालीको धनगढीका दुई फरार दोषी पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको धनगढीका दुई फरार दोषी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ७ बस्ने ४२ वर्षीय नेकीराम राना र सोही ठाउँ बस्ने  ४० वर्षीय धनीराम रानालाई आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत कैलालीको फैसलाले जाल साक्षी मुद्दामा जनही २ हजार ८१२ जरिवाना ठहर गरेपछि दुबै जना फरार रहेका थिए । फैसला कार्यान्वयनको लागि दुवै जनालाई प्रहरीले अदालत समक्ष पेश गरेको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...