बझाङको एक होटेल र खुद्रा पसलमा आगलागी

बझाङ- बझाङको एक होटेल र खुद्रा पसलमा आगलागी भएको छ। बिथ्थडचिर गाउँपालिका-९ बागथला स्थित भान बहादुर बिष्टले सञ्चालन गरेको होटेल र खुद्रा पसलमा आइतबार राति आगलागी भएको हो । आगलागी हुँदा उक्त होटेल र पसल भित्र रहेका सामान जलेर नष्ट भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले बताए । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको चौधरीले जानकारी दिए ।

Loading...