कञ्चनपुरको महेन्द्रनगरमा बजार अनुगमन

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा बजार अनुगमन गरिएको छ। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको नेतृत्वमा सरोकारवाला निकाय सहित संयुक्त बजार अनुगमन गरिएको हो ।

Dadeldhura hospital

महेन्द्रनगर बजारको सब्जीमन्डी देखि मासु पसल र फड्मा राखिएका फलफूल लगायतका पसलको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए। ‘अनुगमनका क्रममा सडेगलेका तरकारी, फलफूलदेखि जोख्ने ढकहरूमा सन्तुलन नभएको समेत भेटियो ।’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘बजार क्षेत्रमा फड्मा फलफूल बिक्री गर्नेहरूले नगरपालिकालाई कर बुझाएको विषय पनि स्पष्ट देखिएन ।’

godawari10 Mahila hinsa
Navadurga sun

उनले करदाताको पहिचान नै नहुने गरी कर सङ्कलन भए/नभएको विषयमा भीमदत्त नगरपालिकालाई पत्राचार समेत गरिने बताए । ‘अनुगमनका क्रममा मासु पसलमा सरसफाइको निकै अभाव पनि देखियो ।’ उनले भने, ‘सुधारका लागि पहिलो पटक हामीले निर्देशन दिएका छौँ ।’

त्यसैगरी नयाँ सब्जीमन्डीमा ढक/तराजुमा गडबडी देखिएका पाँच/छ पसलबाट ढक नियन्त्रणमा लिइएको छ। स्थानीय प्रशासनको अगुवाइमा भएको बजार अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, भीमदत्त नगरपालिकाका नगर प्रहरी, जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली र पत्रकार महासङ्घका प्रतिनिधि सहभागी थिए । रासस

Loading...