धनगढी- कैलालीका २३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, ज्यामिति, विद्यालय पोसाक, जुत्ता, झोला र कृर्ति वितरण गरिएको हो ।
सुखडका प्रकाश मिश्रका अनुसार स्विजरल्याण्डमा बसोबास गर्दै आएका नेपाली र स्विस नागरिकको सहयोगमा विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालय पोसाक वितरण गरिएको छ ।
एनआरएन स्विजरल्याण्डका पूर्व अध्यक्ष शुभ एल्मर लामा, सुनम पन्त, विजया भट्ट, उषा ज्याक्युट स्विस नागरिक इस्टर कम र बेट्रीक्स ओचनेरको आर्थिक सहयोगमा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको उनले बताए । जिल्लाका आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीको पढाइमा सहयोगका लागि शैक्षिक सामाग्री वितरण गरिएको हो ।