कैलालीबाट वन मुद्दाका ५ जना दोषी पक्राउ

धनगढी- कैलालीबाट एकै दिन पाँच जना दोषी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलाली मातहतका प्रहरीहरूले सजाय वा जरिबाना ठहर भएका पाँच जनालाई बिहिवार पक्राउ गरेको हो ।

कैलाली प्रहरीले बिहिवार जानकी गाउँपालिका–६ का वन मुद्दाका महेश चौधरी र विनोद चौधरीलाई अदालतमा पेस गरेको छ। उनीहरू वन मुद्दाका दोषी हुन। उनीहरूलाई समान ६ हजार नौ सय ६२ रुपैयाँ २६ पैसा जरिबाना अदालतले तोकेको थियो। चोरी मुद्दामा दोषी ठहर भएका जानकी गाउँपालिका–५ का फत्ते सिंह थारू बिहिवार पक्राउ परेका छन्। उनलाई २ हजार आठ सय रुपैयाँ जरिबाना तोकिएको थियो।

Navadurga sun

जिल्लाको टीकापुर नगरपालिका–१ का कृष्ण दमाई पनि फक्राउ परेका छन्। वन मुद्दामा दोषी ठहर भएका दमाई बिहिवार पक्राउ परेका हुन्। उनलाई ११ हजार ६ सय ८० रुपैयाँ जरिबाना तोकिएको थियो। यता, धनगढी उपमहानगरपालिका–१७ का डिल्लीराज गिरी समेत पक्राउ परेका छन्।

वन मुद्दामा पाँच दिन कैद सजाय र ३ हजार १ सय ६० रुपैयाँ जरिबाना तोकिएका गिरी बिहिवार पक्राउ परेका हुन्। उनीहरू पाँच जनालाई कैलाली प्रहरीले अदालतमा पेस गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...