बाजुराकी सुत्केरीको हेलिकोप्टर मार्फत उद्धार

Dadhaldhura pur

बाजुरा- जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । आज (बिहीबार) हिमाली गाउँपालिका-१ बिच्छ्याकी २२ वर्षीया सुस्तिता खड्कालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए । उनका अनुसार दुई दिन पहिले शल्यक्रिया गरी सुत्केरी गराइएकी खड्काको पेट सुन्निए पछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत पठाइएको हो ।

Ganyapdhura gau

जिल्ला अस्पताल बाजुराबाट सुत्केरीको अवस्था जटिल बन्दै गएको पत्र प्राप्तभए पछि महिला तथा बालबालिका मन्त्रालय मार्फत पहल गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सेनाको हेलिकोप्टरमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । रासस

Couple
Loading...