अत्तरिया- कैलालीको अत्तरिया चौकमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गोदावरी नगरपालिका १ अत्तरिया चौक पदमा अस्पताल नजिक से १ च १५३९ नम्बरको महेन्द्रा बोलेरो जिपको ठक्करबाट जेब्रा-क्रसिङग गरिरहेको पैदलयात्री गोदावरी नगरपालिका-१ का ७० वर्षीय बासुदेव खरेलको बुधवार साँझ मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर घाईते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।
जिप र चालक जिल्ला डडेल्धुरा पर्शुराम नगरपालिका १२ बस्ने २९ वर्षीय जय बहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले बताएका छन् ।