अत्तरिया- सरकारले सुदूरपश्चिमका प्रदेश प्रमुखलाई हटाई उक्त ठाउँमा नजिर मियाँको नाम सिफारिस गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस निकट रहेका प्रदेश प्रमुख देवराज जोशीलाई हटाएको हो ।
उनको ठाउँमा मियाँको नाम सिफारिस गरिएको छ । सरकारले सुदूरपश्चिम संगै कांग्रेस निकट तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । गण्डकी, मधेसका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिएको छ ।
मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्टको नाम सिफारिस गरिएको छ । तत्कालीन शेरबहादुर देउवा सरकारले तोकेका प्रदेश प्रमुख हटाइएका हुन । उनीहरुलाई हटाएर सरकारले एमाले निकट भण्डारी, भट्ट र मियालाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको हो ।