अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-२ तेघरीमा रहेको जनकल्याण ईङ्गलिस स्कुलले रजत जयन्ती मनाएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि बिद्यालयले रजत जयन्ती संगै बार्षिकोत्सब तथा अभिभावक दिबस पनि मनाएको हो ।
बिद्यालयका संस्थापक प्रिन्सिपल योगेन्द्र हमालको सभापतित्वमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख देबराज जोशी प्रमुख आतिथी रहेका थिए ।
कार्यक्रममा बिशिष्ट अतिथि प्रदेश सांसद खेमा देबि बिष्ट रहेकी थिइन् । यस्तै कार्यक्रममा विभिन्न बिद्यालयका शिक्षक शिक्षिका, अभिभावक, सामाजसेवी, बुद्धिजिबि लगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए भने रजत जयन्तीको अवसरमा विद्यालयका हालसम्मका गतिविधिहरु समावेश गरिएको जनकल्याण म्यागजिन (स्मारिका) विमोचन गरिएको थियो ।
विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने नर्सरीमा भर्ना गरेर सोही विद्यालयबाट एसएलसी/एसईई दिएका विद्यार्थीका अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा समाजमा विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको छ ।२०५४ सालमा ३२ जना बिद्यार्थी बाट शुरु भएको उक्त बिद्यालयमा हाल ५ सय बढी बिद्यार्थी रहेका छन् भने २४ जना शिक्षक कर्मचारी कार्यरत रहेका संस्थापक प्रिन्सिपल हमालले बताए । उनले विद्यालयले नर्सरी कक्षा देखि १० कक्षा सम्म पठनपाठन गर्दै आइरहेको बताए ।
त्यस्तै गोदावरी नगरपालिका-४ बास्कोटामा समेत २०६३ सालबाट न्यू जनकल्याण एकेडेमी विद्यालय सञ्चालन गरी कक्षा ७ सम्म पठनपाठन भईरहेको छ । उक्त बिद्यालयमा हाल २५० जना विद्यार्थीहरु अध्ययनरत रहनुका साथै १४ जना शिक्षक कर्मचारी कार्यरत रहेका उनले बताए ।
त्यस्तै बिद्यालयले रजत जयन्तीको अबसर पारेर समाजका विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।
सम्मानित हुनेहरुमा ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुख धर्मदेब भट्ट, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशी, प्रतिभा सामुदायिक पुस्तकालयका संस्थापक कृष्ण पनेरु बञ्चित, बरिष्ठ साहित्यकार निर्मल कुमार भण्डारी, पदमा अस्पतालका प्रबन्ध निर्देशक डा.नर बहादुर मौनी, अत्तरिया अस्पतालका प्रमुख डा.आनन्द पाठक, महिला तथा बालबालिका सेभ हाउस कि सञ्चालिका जानकी मलासी, गोदावरी एफ एम का प्रबन्ध निर्देशक गोबिन्द रोस्यारा, युबा नेता लोकराज पाण्डे (आगो) लगायत रहेका छन् । यस्तै बिद्यालयको योगदान पुर्याउने शिक्षक, अभिभावक पुर्ब बिद्यार्थी लगायतलाई पनि सम्मान गरेको छ ।
न्यू जनकल्याण एकेडेमी बास्कोटाका प्रिन्सिपल प्रकाश मल्लको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन माया ओझाले गरेकी थिईन् ।