धनगढी- सरकारले सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निणर्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्नको लागि राष्ट्रपति कहाँ सिफारिस गर्ने निणर्य भएको प्रवक्ता रेखा शर्माले बताइन् ।
साथै गण्डकी र मधेश प्रदेशका प्रदेश प्रमुखलाई समेत हटाउने निणर्य गरेको छ । प्रदेश प्रमुख जोशीको ठाउँमा सुदूरपश्चिममा सरकारले नजिर मियाँलाई पठाउने निणर्य गरेको छ । यसैगरी गण्डकीमा डिल्लीराज भट्ट मधेस प्रदेशमा सुमित्रा भण्डारीलाई सिफारिस गरिएको छ ।