कैलालीमा गुर्गी सिँचाइ आयोजना निर्माण सम्पन्न गराउन माग गर्दै किसान उत्रिए सङ्घर्षमा 

धनगढी– कैलालीको कैलारी गाउँपालिका–२, कुकुरभुक्कामा रहेको गुर्गी सिँचाइ आयोजना निर्माण सम्पन्न गराउन माग गर्दै किसान सङ्घर्षमा उत्रेका छन् । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले टेन्डर निकाल्न आनाकानी गरिरहेको भन्दै किसानले सङ्घर्षका कार्यक्रम अगाडि बढाएका हुन ।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले पानीको स्रोत सुनिश्चितता नभएको बहानाबाजी गर्दै सिँचाइ आयोजना निर्माणका लागि टेन्डर आह्वान गर्न आनाकानी गरिरहेको आरोप किसानको छ । सो कार्यालयले हजारौँ किसानसँग सम्बन्धित योजना तुहाउन खोजेकाले सङ्घर्षका कार्यक्रम तय गरेको गुर्गी सिँचाइ आयोजना सङ्घर्ष समितिका संयोजक कमलप्रसाद चौधरीले बताए।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

गुर्गी सिँचाइ आयोजनालाई सुदूरपश्चिम प्रदेश सरकारले बहुवर्षीय योजना अन्तर्गत प्राथमिकतामा राखेर चालु आर्थिक वर्षमा १२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ तर आर्थिक वर्षको चार महिना मात्रै बाँकी रहँदासम्म टेन्डर नगरी बजेट फ्रिज गर्ने प्रपञ्च भइरहेको किसानको आरोप छ। गुर्गी सिँचाइ आयोजनालाई अगाडि बढाउनका लागि कार्यालयले आनाकानी गरिरहेको संयोजक चौधरीले बताए।

जिल्लाको पुरानो सिँचाइ आयोजनामध्ये गुर्गी सिँचाइ आयोजनाको बाँध धेरै वर्षपहिले तत्कालीन जमिनदार रामदिन महतो, छिमानन्द र देशराज महतोले आफ्ना रैतीमार्फत बनाएको बताइन्छ । त्यसताका माटो र झारपातले मात्रै बाँध बनाएर नदीको पानी किसानको खेतसम्म पु¥याउने कोसिस भएको थियो । २०२६ सालमा ढुङ्गाको बाँध बनाएर खेतसम्म पानी लगिएको थियो ।

आव २०६२/६३ मा पक्की बाँध बनाइए पनि २०६४ सालमा आएको बाढीले आयोजनाको बाँध भत्काएपछि सो आयोजना हालसम्म अलपत्र अवस्थामा रहेको छ । आयोजना बन्द भएर नहरसमेत अतिक्रमण भएपछि कैलारी गाउँपालिका–१, २, ५ र ७ वडाका किसानले सिँचाइ अभाव समस्या झेल्दै आएका छन् । मुख्य पेसा खेतीकिसानी रहेको सो क्षेत्रका किसानले आकाशे पानी र बोरिङको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेको छ । गोरखापत्रबाट

Loading...