अत्तरियामा एक दिने महिला हिंसा न्यूनीकरण कार्यशाला सम्पन्न

RBB Bank Suvakamana
Purbadhar dadeldhura

अत्तरिया- गोदावरी नगरपालिका वडा नम्बर २ मा एक दिने महिला हिंसा न्यूनीकरण कार्यशाला सम्पन्न भएको छ । शनिबार गोदावरी नगरपालिका वडा नम्बर २ को सहकार्य र राष्ट्रिय लोकसांस्कृतिक प्रतिष्ठानको आयोजनामा कार्यक्रम भएको हो । महिला हिंसा न्यूनीकरण र महिलालाई कसरी नेतृत्वमा ल्याउने भन्ने उद्देश्यका साथ कार्यक्रम भएको आयोजक संस्थाले जनाएको छ ।

Malpot office dadeldhura

कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशको उपसभामुख कोइलीदेवी चौधरी रहेका थिईन् । यस्तै कार्यक्रममा विशेष्ट अतिथिमा गोदावरी नगरपालिकाको उपप्रमुख शारदा देवी रोकाया रहेकी थिईन ।

कार्यक्रमको सहजकर्ता जिल्ला कैलाली अदालतका अधिवक्ता हिमालयन विष्ट, दुर्गा लक्ष्मीका सहप्राध्यापक माला भण्डारी, युवा नेता लोकराज पाण्डे (आगो) रहेका थिए । राष्ट्रिय लोकसांस्कृतिक प्रतिष्ठानका अध्यक्ष लिला विस्कोटाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका हुन । कार्यक्रममा गोदावरीका ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...