कैलालीमा भन्सार छलीका बोईलर कुखुरा र माछा बरामद

Dadeldhura hospital

धनगढी- कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका बोईलर कुखुरा र माछा लगायत अन्य सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-९ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २० हजार मूल्यको प्याज, बोईलर कुखुरा लगायतका सामान, भजनी नगरपालिका-७ हिम्मतपुरबाट १५ हजार ७५० मूल्यको माछा बरामद गरिएको प्रहरीले जनाएको छ ।

Ganyapdhura gau

त्यस्तै गोदावरी नगरपालिका-३ चुट्की बजार नजिकबाट १२ हजार ९५० मूल्यको प्याज, चिनी, सुर्ती, चकलेट, ललिपप लगायतका सामानहरु गरी जम्मा ४८ हजार ६७० बराबरको सामानहरु शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Couple
Loading...