कृष्णपुरमा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि महायज्ञ

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि भोलीदेखि महायज्ञ संचालन हुन लागेको छ । आइतबार देखि कृष्णपुर नगरपालिका ४ बिन्द्रावनमा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि महायज्ञ संचालन हुन लागेको हो ।

ग्वाँसी समैजी गौशाला व्यवस्थापन समिति र कृष्णपुर नगरपालिका ४ को आयोजनमा महायज्ञ संचालन हुन लागेको जनाईएको छ । कृष्णपुर नगरपालिका ४ का वडाध्यक्ष धर्म बहादुर सिहले महायज्ञको तयारी पुरा भएको बताए । अध्यक्ष सिहले अहिले नै ७ सय पशु चौपाया व्यवस्थापन भईरहेको र बाँकी महायज्ञ मार्फत संकलन हुने स्रोतबाट गरिने छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

महायज्ञको उद्घाटन प्रतिनिधी सभा सदस्य एव पुर्वमन्त्री एनपी साउदले गर्ने कार्यक्रम रहेको बुझिएको छ । वडाध्यक्ष सिहले छाडिएका पशु चौपाया ल्याएर उनीहरुको वैज्ञानिक तरिकाले व्यवस्थापन गर्ने बताए । कृष्णपुर नगरका मेयर हेमराज ओझाले नगरपालिकाबाट उत्तरी क्षेत्र १ र ४ मा ठुलो परिमाणमा पशु चौपाया व्यवस्थापन कार्यक्रम अघि बढाउन खोजिएको बताए ।

नगर प्रमुख ओझाले महायज्ञ मार्फत नागरिकलाई गाईप्रतिको महिना बढाउने देखि छाडिएका पशु चौपायाको उचित व्यवस्थापन गर्ने बताए । ‘हामीले पशु चौपायाको व्यवस्थापन कार्य फरक ढङगबाट गरेका छौँ, ‘नगर प्रमुख ओझाले भने, ‘एकातिर नागरिकलाई समेत गाई प्रति उत्तरदायी बनाउने अर्कारित छाडिएका पशु चौपाया नियन्त्रण गर्दै उनीहरुको उचित व्यवस्थापन गरेर बहुपयोग काम गछौँ ।’ ३ चैत्र सम्म संचालन हुने महायज्ञमा गाई सरक्षणका लागि स्रोत जुटाउनुका साथै नागरिकलाई गाई सरक्षणका कामकाजप्रति कर्तव्य निष्ठ बनाउने आयोजकको संकल्प रहेको छ ।

ग्वाँसी समैजी गौशाला व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर खडकाले समाजिक कामका लागि सरोकारवाला निकायले समेत साथ सर्मथन सहयोगको अपिल गर्दै आएका छन ।

Loading...