कञ्चनपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

RBB Bank Suvakamana
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका-३ सामादैजीमा भएको दुर्घटनामा पुरन रानाको मृत्यु भएको हो ।

Malpot office dadeldhura

पश्चिमबाट पूर्व आउदै गरेको भे १ क २११४ नम्बरको ट्रकले विपरीत दिशा तर्फ जाँदै गरेको म २ प ८५८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका-९ पिपरीयाका २५ वर्षीय रानाको मङ्गलवार साँझ मृत्यु भएको हो । उनको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

ट्रक सहित चालक बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२० का २८ वर्षीय मीन बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीको जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...