सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- सुदूरपश्चिम प्रदेशस्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली विजयी भएको छ । धनगढी रङ्गशालामा सम्पन्न प्रतियोगितामा कैलालीले ६४ पदक सहित विजयी भएको हो ।

Malpot office dadeldhura

कैलालीले ३१ स्वर्ण, १८ रजत र १५ कास्य सहित ६४ पदक ल्याएर उपाधि जित्न सफल भएको छ । त्यस्तै कञ्चनपुर दोस्रो र डडेल्धुरा तेस्रो भएको छ । कञ्चनपुरले १९ स्वर्ण, १८ रजत र १५ कास्य गरि ५२ पदक र डडेल्धुराले ७ स्वर्ण, १० रजत र १६ कास्य गरि ३३ पदक सहित तृतीय भएको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय जिल्लालाई सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दीपक बहादुर सिंहले नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा सहभागी अन्य बैतडीले ५ स्वर्ण, २ रजत र १० कास्य गरि १७ पदक, बझाङले २ स्वर्ण, ४ रजत र १३ कास्य गरि १९ पदक, बाजुराले १ स्वर्ण, ६ रजत र १३ कास्य गरि २० पदक, अछामले १ स्वर्ण, १ रजत र ६ कास्य गरि ८ पदक, दार्चुलाले ४ रजत र ३ कास्य गरि ७ पदक र डोटीले ३ रजत र ८ कास्य गरि ११ पदक जितेका छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट केन्द्रमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने प्रदेश खेलकुद परिषदले जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...