बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु

Purbadhar dadeldhura
Malpot office dadeldhura

बझाङ– बझाङमा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । तलकोट गाउँपालिका-१ गोठीचोरका २४ वर्षीय विकास ऐडीको भिरबाट लडेर मृत्यु भएको हो ।

उनको लामापैरा भन्ने ठाउँमा निङ्गाला काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ । साेमबार निङ्गाला काट्ने क्रममा लडेका उनी आज (मंगलबार) बिहान मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...