कर्णाली नदिमा फेरी चल्न थालेपछि गाउँ बस्ती सडक सञ्जालको पहुँचमा

बाजुरा- कर्णाली नदिमा फेरी चल्न थालेपछि गाउँ बस्ती सडक सञ्जालको पहुँचमा पुगेका छन् । बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको कर्णाली नदीमा हालेको फेरी चल्न थालेपछि आवत जावत र दैनिक उपभोग्य सामग्री ल्याउन सहज भएको हो ।

Ganyapdhura gau

आवत जावत नहुँदा स्वास्मीकार्तिक खापर गाउँपालिकाका स्थानीय जिल्ला बाहिर देखी प्युठ्युँमा डोको र नाम्लो बोकेर दैनिक उपभोग्य सामग्री ल्याउन बाध्य थिए । २०७७/०७८ सालमा स्वामिकार्तिक र जगनाथ गाउँपालिकाको बिचमा रहेको कर्णाली नदिका हालेको फेरीले गाडी वारपार हुन थालेपछि स्थानीयको सो समस्या हटेको हो । कर्णाली नदिका फेरी चल्न थालेपछि अहिले यहाँका प्रत्येक गाउँ बस्तीमा सडक सञ्जालको पहुँचमा छन्।

Navadurga sun
Godawari sandesh

कर्णाली नदीमा हालेको फेरीका कारण अहिले ती सडकमा ट्याक्टर जिप लगायतका सावरी साधान गुड्न थालेपछि यहाँका स्थानीयको जनजीवन पनि बद्लिएको हो । कणर्ाली नदीमा फेरीले गाडी वारपार गर्न थालेपछि नुन तेल चामल लगायतका दैनिक उपभोग्य समाग्री ल्याउन निकै सहज भएको स्वामिकार्तिक गाउँपालिका स्थानीय नरे लुहारले बताए । पहिला पिठ्युँमा बोक्नु पर्ने सामाग्रीहरु अहिले गाडीमै घरमा पुग्न थालेपनि निकै सहज भएको बताए ।

Dadeldhura hospital

हिउँदमा कर्णाली नदिका पानी बहाव कम हुँदा फेरी चल्ने र बर्खाको समय पानीको बहाव बढेपछि फेरी नचलेपछि बर्खाको समय भने समस्या उस्तै हुने गरेको थियो । पछिल्लो समय स्वामिकार्तिक गाउँपालिकाका अधिकांश गाउँ बस्तीमा सडक सञ्जालको पहुँचमा भएसँगै स्थानीयले उत्पादन गरेको कृषि जन्य सामग्री समेत बजारमा पुग्न थालेको हो । गाडी गाउँमै पुग्न थालेपछि अधिकांश स्थानीय व्यापार व्यवसायमा लागेका छन् ।

पिठ्युँको भरमा पेट पाल्दै आएका यहाँका स्थानीय अहिले गाडीबाट नै घरमा खाद्यान्न ढुवानी गर्न थालेका छन्। गत वर्षमा यहाँका अधिकांश स्थानीयले स्याउ बिक्रीबाट नै लाखौँ रुपियाँ आम्दानी गरेका थिए । स्याउ र सुन्तला उत्पादनका लागि सो क्षेत्र राम्रो भएकोले सो खेती तर्फ लागेका छन् । कृषि उत्पादनका लागि पर्याप्त ठाउँ भएपनि यातायातको सुविधा नहुँदा कसैले चासो देखाएका थिएन । अहिले गाउँ बस्तीमा गाडी चलेपछि उत्पादन भएको कागुनो, कोदो, झुमरो, सिमी लगायतका अग्र्यानिक खाद्य देशका विभिन्न सहरमा पुग्न थालेपछि स्थानीयको आर्थिक अवस्थामा टेवा पुग्ने बिश्वास छ ।

अहिले फेरीबाट गाडी वारपार हुने गरेका छन् । हिउँद्मा फेरी चलेपछि गाडी पनि चल्छ । बर्खामा फेरी नचलेपछि गाडी पनि नचल्ने गरेको जिप चालक बताउँछन् । पक्की पुल निर्माण भएपछि यहाँका प्रत्येक गाउँ बस्तीमा हिउँदको महिना सधैँ गाडी चल्न समस्या नहुने जिप चालक मान बहादुर रोकायाले बताए । कर्णाली नदिका फेरीका साहायताले स्वामिकार्तिक गाउँपालिकामा डोजर पुगाएका छौँ ।

अहिले प्राय अधिकांश गाउँ बस्ती सडक सञ्जालको पहुँचमा छन् । ती सडकमा अहिले जिप ट्याक्टर चल्ने गरेपछि यहाँको स्थानीयको जनजीवनमा परिवर्तन भएको स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताए । फेरीले सवारीसाधनलाई आजजाउमा गर्न सहज बनाएको छ। चुल्लीगाडमा पक्की पुल निर्माण हुने बित्तिकै थप यहाँका सबै गाउँ बस्तीमा नियमित गाडी सुचारु हुन सक्ने उनले बताए ।

Loading...